युरो कपमा आज राति रोमानियाले नेदरल्यान्ड्सको सामना गर्दै

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरो कपमा आज राति रोमानियाले नेदरल्यान्ड्सको सामना गर्दै

काठमाडौं । युरो कपमा आज राति रोमानियाले नेदरल्यान्ड्सको सामना गर्दैछ । त्यसैगरी आजै राति हुने खेलमा अष्ट्रियाले टर्कीको सामना गर्ने तालिका छ । जर्मनीका १० सहरमा आयोजना भइरहेको युरोकप अन्तर्गत आज क्वार्टरफाइनलका खेल सम्पन्न हुनेछन् ।

रोमानियाले युरो कपमा आज दोस्रो पटक नेदरल्यान्ड्सको सामना गर्न लागेको हो । यसअघि सन् २००८ को युरोमा नेदरल्यानड्सले रोमानियालाई दुई-शून्यले हराएको थियो । यी दुई टिमबीच प्रतिस्पर्धा भएका सबै प्रतियोगिताका १४ खेलमा नेदरल्यान्ड्सले १० खेल जितेको छ । तीन खेल बराबरी भएका छन् । तीन खेलमा रोमानियाले तीन गोल मात्र गर्न सकेको छ । यसकारण इतिहास हेर्दा रोमानियाभन्दा नेदरल्यान्ड्स बलियो टोली छ । सन् २००० पछि पहिलो पटक युरो कपको नकआउट चरणमा प्रवेश गरेको हो ।

रोमानिया सन् १९९४ को विश्वकपमा मात्र अर्जेन्टिनालाई हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । यसैगरी नेदरल्यान्ड्सले लगातार पछिल्ला तीन नकआउट खेलमा हार ब्यहोरेको छ । आजको खेलमा नेदरल्यान्ड्स हारे चार नकआउट खेलबाट बाहिरिने युगोस्लाभियाको रेकर्डसँग बराबरी हुने छ । यसअघि युगोस्लाभिया मात्र लगातार चार खेलमा पराजित भएको इतिहास छ । आज राति रोमानियाको २० औं युरो कप खेल हुनेछ । तर उसले १९ खेलमध्ये दुई खेलमा मात्र जित दर्ता गर्न सकेको छ ।

आजै राति पौने १ बजे हुने खेलमा अष्ट्रियाले टर्कीयको सामना गर्दैछ । अष्ट्रिया आश्चर्यजनक रुपमा समूह डीको विजेता बनेर अन्तिम १६ मा पुगेको हो । त्यसैगरी, टर्की पनि समूह एफको दोसो स्थानमा रहेर नकआउट आइपुगेको हो । आज युरो इतिहासमा यी दुई टिमबीच पहिलो पटक भेट हुन लागेको हो । यी दुई टिमबीच भएका पछिल्ला पाँच खेलमा टर्कियले हार ब्यहोरेको छैन । तर उसले अहिलेसम्म दोस्रो पटक मात्र युरो कपको दोस्रो चरण


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.