हाई अल्टिच्युट ट्रेनिङ सेन्टर सरकारको प्राथमिकतामा छ : खेलकुदमन्त्री श्रेष्ठ

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
हाई अल्टिच्युट ट्रेनिङ सेन्टर सरकारको प्राथमिकतामा छ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मी-रानबीच भेटवार्ता भएको छ ।

भेटमा युवा तथा खेलकुदमन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाई अल्टिच्युट ट्रेनिङ सेन्टरबारे जानकारी गराएका थिए । उनले सेन्टरका लागि सरकारले बजेट छुट्टयाएको र प्राथमिकताका साथ काम अगाडि बढाउने जनाएका थिए । भाइस मिनिस्टर मी-रानले पनि सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन् ।

भेटमा कोरिया-नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवका अवसरमा शुभकामना आदान-प्रदान गरिएको थियो । साथै नेपाल र कोरियाको संस्कृतिबारे पनि छलफल भएको थियो ।

छलफलमा युवाहरूका लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणका विषयमा पनि छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.