एसीसी महिला टी-२० एसिया कप : पाकिस्तानको अन्तिम टोलीमा को को परे ?

८ टोली सहभागी हुने प्रतियोगिताको समूह एमा नेपालसहित भारत, पाकिस्तान र यूएई
असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी महिला टी-२० एसिया कप : पाकिस्तानको अन्तिम टोलीमा को को परे ?

काठमाडौं । नेपालसमेत सहभागी एसीसी महिला टी-ट्वेन्टी एसिया कपका लागि पाकिस्तानले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड-पीसीबीले निदा डारको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

इराम जावेद, ओमाइमा सोहेल, सैयदा आरुब शाह र तस्मिया रुबाबले टिममा स्थान बनाउँदा हालै इंल्यान्ड भ्रमणमा भाग लिएका आयशा जफर, नतालिया परभाइज, रामीन शमीम, सदफ शमास, उम्म-ए-हानी र वहिदा अख्तरले भने टिममा स्थान बनाउन सकेनन् । बायाँ हाते फास्ट बलर तासुमिया रुबाब टोलीमा एक मात्र अनक्याप्ड खेलाडी हुन् ।

कराँचीमा जुलाई ५ मा सुरु हुने प्रशिक्षण शिविर सकिएपछि पाकिस्तानी टोली जुलाई १६ मा श्रीलंका प्रस्थान गर्नेछ । पाकिस्तानले जुलाई १९ मा भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।

८ टोली सहभागी हुने प्रतियोगिताको समूह एमा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् । नेपाल र पाकिस्तानबीचको खेल जुलाई २२ मा हुने छ । पहिलो पटक प्रतियोगितामा सहभागी हुन लागेको नेपालले यसअघि नै आफ्नो टोली घोषणा गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.