गाजामा जारी युद्धले मानिसहरुमा संक्रमण र सरुवा रोगको प्रकोप बढ्दै छ : संयुक्त राष्ट्रसंघ

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामा जारी युद्धले मानिसहरुमा संक्रमण र सरुवा रोगको प्रकोप बढ्दै छ : संयुक्त राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा जारी युद्धले ‘मानव पीडाको विडम्बना’ सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कार्यालयअगाडि बोल्दै गाजाका लागि संयुक्त राष्ट्र संघका वरिष्ठ मानवीय र पुनर्निर्माण संयोजक सिग्रिड कागले सार्वजनिक स्वास्थ्य प्रणालीको पतन र शिक्षा प्रणालीको अवरोध यथावत रहेको बताइन् ।

उनले युद्धले निम्त्याएको उपचार अभावले त्यहाँका मानिसहरुमा संक्रमण र सरुवा रोगको प्रकोप बढ्दै गएको पनि उल्लेख गरिन् । संयोजक कागले गाजाका झन्डै २० लाख मानिस विस्थापित भएको र गाजामा प्रवेश गर्ने सहायता सामग्रीमा पनि उल्लेखनीय रूपमा गिरावट आएको बताइन् ।

त्यस्तै राष्ट्रसंघका प्रवक्ता स्टिफेन डुजारिकले इजारयली सेनाले हालै गाजाका मानिसहरुलाई खान युनिसको पूर्वी भाग छाड्न जारी गरेको आदेशले अत्यधिक मानिस विस्थापित भएको बताएका छन् । यती ठूलो मात्रामा विस्थापनले नागरिकको पिडालाई र मानवीय आवश्यकतालाई मात्र बढाउने स्पष्ट पारे ।

इजरायलमाथि सशस्त्र समूह इस्लामिक जिहादले २० वटा रकेट प्रहार गरेपछि इजरायली सेनाले खान युनिस क्षेत्र खाली गर्न आदेश जारी गरेको थियो । इजरायली सेनाले अझ पनि गाजामा आफ्नो आक्रमणलाई जारी रोखेको छ । हिजो मात्र इजरायली सेनाले वेस्ट बैंकस्थित रहेको नुर शाम्स शरणार्थी शिविरमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.