एकीकृत समाजवादीको महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 एकीकृत समाजवादीको महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आइताबारदेखि जारी महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा १२ समूह बनाएर छलफल भएको थियो ।

आज बिहान ११ बजे सुरु भएको बन्दसत्रमा समूह नेताहरुले समूहको निष्कर्ष प्रस्तुत गरिरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बन्दसत्रमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसाल र महासचिव घनश्याम भुसालले प्रतिवेदन पेस गर्नु भएको थियो ।

आज प्रतिवेदनलाई सुझावको आधारमा पारित गर्दै निर्वाचन प्रकृया अघि बढ्ने बताइएको छ । हालसम्म नेतृत्वदेखि सबै पदाधिकारीमा सहमतिको सम्भावना देखिएको छैन । नेतृत्वमा माधव नेपाल र घनश्याम भुसालको दाबी छ । महाधिवेशनमा देशभरका १८ सय प्रतिनिधि सहभागी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.