भेनेजुएलाको क्यारिबियन टापुमा बेरिल चक्रवात : एकै रातमा ४ सय घर उडयो

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
भेनेजुएलाको क्यारिबियन टापुमा बेरिल चक्रवात : एकै रातमा ४ सय घर उडयो

काठमाडौं । भेनेजुएलाको क्यारिबियन टापुमा हिजो आएको बेरिल चक्रवातका कारण तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएको त्यहाँका राष्ट्रपति निकोलस मादूरोले जनाएका छन् । राष्ट्रपति मादूरोले उक्त चक्रवातका कारण करिब ४ सय घर एक रातमै उडाएको समेत जनाएका छन् ।

बेरिल चक्रवातका कारण भेनेजुएलाको क्यारिबियन टापुमा तीव्र वर्षा ल्याएको जसले गर्दा नदीको सतह बढेर बाढी समेत उत्पन्न भएको त्यहाँका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यहाँका मौसम विज्ञान विभागका अनुसार बेरिल प्रति घण्टा २ सय ४० किलोमिटरको रफ्तारले आएको छ ।

हिजो बाढी प्रभावित क्षेत्रमा मादुरोसहित र अन्य शीर्ष अधिकारीहरूले अवलोकन गर्ने क्रममा रूख खसेपछि घाइते भएको विषयमा उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई राष्ट्रपतिले जानकारी दिएका छन् । घाइते अधिकारीहरूलाई स्वास्थ्य उपचारका लागि आपतकालीन केन्द्रमा लगिएको थियो ।

बेरिल चक्रवात सन् २०२४ को पहिलो चक्रवात रहेको र उक्त चक्रवात पाँचौँ श्रेणाीमा पुगेर रेकर्ड कायम गर्ने पहिलो आँधी रहेको बताइएको छ । बेरिल चक्रवातले क्यारिवियन भूभागका कयौँ देशहरुमा तहल्का मच्चाइरहेको छ । जसले गर्दा त्यहाँका नागरिकहरु अस्थायी शिविरमा बस्न बाध्य भएका छन् । त्यस्तै उक्त चक्रवातले एकै रातमा सेन्ट भिन्सेन्ट र ग्रेनाडान्स टापूका सम्पूर्ण घरबार ध्वस्त बनाएका बीबीसीले उल्लेख गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.