स्पेन युरोकपको क्‍वार्टरफाइनलमा प्रवेश

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेन युरोकपको क्‍वार्टरफाइनलमा प्रवेश

काठमाडौं । युरोकपमा जर्जियाविरुद्ध ४-१ गोलको फराकिलो जित हात पार्दै स्पेन प्रतियोगिताको क्‍वार्टरफाइनलमा प्रवेश गरेको छ ।

राइन एनर्जी स्टेडियममा आत्मघाती गोलकका कारण पछि परेको स्पेनले त्यसपछि भने लगातार ४ गोल गर्‍यो । खेलको १८ औँ मिनेटमा रोविन ले नोर्मान्डले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि जर्जियाले उपहार गोलमार्फत सुरुवाती अग्रता बनायो । तर रोड्रीले ३९ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । 

फाबियन रुइजले ५१ औँ मिनेटमा गोल गर्दै स्पेनलाई २-१ ले अघि बढाए । त्यसपछि ७५ औँ मिनेटमा  निको विलियम्स र ८३ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गरेपछि स्पेनले ४-१ ले नतिजा आफ्नो पक्षमा पार्‍यो । अब स्पेनले क्‍वार्टरफाइनलमा जर्मनीको सामना गर्नेछ । 

पहिलो पटक युरोकप खेलिरहेको जर्जियाले समूह चरणमा उपाधि दाबेदार पोर्चुगललाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । तर स्पेनसँगको हारपछि प्रतियोगितामा उसको चुनौती समाप्त भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.