टी-२० विश्वकप विजेता भारतीय टोलीलाई बीसीसीआईले १ सय २५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
टी-२० विश्वकप विजेता भारतीय टोलीलाई बीसीसीआईले १ सय २५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टी-ट्वेन्टी विश्वकप विजेता भारतीय टोलीलाई १ सय २५ करोड भारतीय रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जालमार्फत विश्वकप जित्ने टिमलाई १ सय २५ करोड भारतीय रुपैयाँ पुरस्कार प्रदान गरिने घोषणा गरेका हुन् । उनले प्रतियोगिताभर भारतले गरेको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै यो असाधारण उपलब्धिका लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई दिएका छन् । 

शनिबार दक्षिण अफ्रिकालाई पराजित गर्दै टी-ट्वेन्टी विश्व च्याम्पियन बनेको भारतले आईसीसीका तर्फबाट २ दशमलव ४५ मिलियन डलर पुरस्कार पाएको थियो । टी-ट्वेन्टी विश्वकपपछि भारतका कप्तान रोहित शर्मासहित सिनियर खेलाडी विराट कोहली र रविन्द्र जडेजाले टी-ट्वेन्टी आईबाट  संन्यास लिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.