स्लोभाकियालाई पराजित गर्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा

स्लोभाकिया प्रतियोगिताबाटै बाहिरियो
जर्जियालाई हराउँदै स्पेन पनि शीर्ष आठमा
असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्लोभाकियालाई पराजित गर्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा

काठमाडौँ । स्लोभाकियाविरुद्ध रोमाञ्चक पुनरागमन जित हासिल गर्दै इंग्ल्यान्ड युरो कप फुटबलको क्‍वार्टरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । यस हारले स्लोभाकिया प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको अन्तिमसम्म १-० ले पछि परेको इंग्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गर्दै २ गोल गरेपछि अन्तिम ८ मा स्थान बनाउन सफल भयो । वेल्टिन्स-एरेना गेल्सेनकर्चेनमा खेलको २५औं मिनेटमा इभान स्क्रान्जले  थ्रु-पासलाई नियन्त्रण राख्दै सुन्दर गोल गरेका थिए ।

बल पोसेसन नियन्त्रणमा राखे पनि इंग्ल्यान्डले गोल फर्काउन निकै संघर्ष गर्नु पर्या ।  अतिरिक्त समयको पहिलो मिनेटमा हृयारी केनले गोल गरेपछि इङ्ल्यान्ड खेल बराबरी गर्न सफल भयो । इभान टोनीको पासमा केनले हेडर मार्फत गोल गरेका थिए । 

इन्ज्युरी समयको पाँचौं मिनेटमा जुड बेलिङ्घमले गोल गरेपछि इंग्ल्यान्डले पुनरागमन जित हात पार्यो । जितसंगै इंग्ल्यान्ड प्रतियोगिताको क्‍वार्टरफाइनलमा प्रवेश गरेको छ । अब इंग्ल्यन्डले सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । स्विट्जरल्यान्डले इटालीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.