कान्तिपुर समाचार, १८ असार २०८१

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १८ असार २०८१

आजका मुख्य समाचार,

* भोलिसम्म सत्ता छाड्न प्रधानमन्त्रीलाई एमालेको अल्टिमेटम / राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन दलहरुलाई आग्रह / विश्वासको मतको सामना गर्ने दाहालको अडान ।

* संविधान संशोधन कांग्रेस-एमालेको मुख्य एजेन्डा / संशोधनका विषयवस्तु भने स्पष्ट हुनै बाँकी / नयाँ राजनीतिक ध्रुवीकरण हुनसक्ने विज्ञको टिप्पणी ।

* श्रमिकको पैसामा वैदेशिक रोजगार बोर्डको मनपरी / पीडितको पुनर्स्थापनामा बेवास्ता / कल्याणकारी कोषको रकम मन्त्रीको विदेश भ्रमणदेखि श्रमाधान मेलासम्ममा दुरुपयोग ।

* भारत उत्तर प्रदेशको हाथरसमा धार्मिक भेलामा भागदौड मच्चिँदा महिला, बालबालिकासहित कम्तिमा ८७ जनाको मृत्यु / घटनाको छानबिनका लागि समिति गठन ।

* युरोकपमा आज प्रि-क्वार्टरफाइनलका अन्तिम खेल / रोमानियाले नेदरल्यान्ड्स र अस्ट्रियाले टर्किएसँग प्रतिस्पर्धा गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.