अपडेट : उत्तर प्रदेशको हाथरसमा भएको सत्संगमा भागदौड, मृतकको संख्या ११६ पुग्यो

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपडेट : उत्तर प्रदेशको हाथरसमा भएको सत्संगमा भागदौड, मृतकको संख्या ११६ पुग्यो

काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।

मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन् । घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो । नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो । सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिर्देशकको नेतृत्वमा समिति गठन गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.