बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङको जर्सी सार्वजनिक

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङको जर्सी सार्वजनिक

काठमाडौं । बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा बागमती प्रदेशको जर्सी सार्वजनिक भएको छ ।

ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष सुमन कट्टेल, विकास लामा, सह-सचिव माइकल पर्जा, र कोषाध्यक्ष अनिश बानियाँको उपस्थितिमा खेलाडीहरूलाई जर्सी वितरण गरियो ।

अध्यक्ष श्रेष्ठले स्केटिङ र स्केटबोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले भन्नुभयो, ‘बागमती प्रदेशमा एक पालिका एक स्केट पार्क बनाउने लक्ष्यका साथ अगाडि बढिसकेको र खेलाडीको स्तर बढाउन बागमती प्रदेशले प्रशिक्षकको पनि बेवास्ता गरेको छ ।’

उपाध्यक्ष विकास लामाले स्केटिङ साहसिक खेल पर्यटनको प्रचुर सम्भावना भएको र यसलाई सरकारको थप हौसला र सहयोगबाट राष्ट्रिय स्तरमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न कम्पनीहरूले प्रायोजक भएर स्केटिङ तथा स्केटबोर्डिङ खेललाई विकास गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.