सरोकार : कांग्रेस-एमालेको जोडी, के होला भोलि ?

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरोकार : कांग्रेस-एमालेको जोडी, के होला भोलि ?

भनिन्छ, कर्कलोको पानी र नेपाल राजनीतिक दलको सत्ता गठबन्धन उस्तै-उस्तै हुन् । जे होस्, कांग्रेस र एमालेबीच राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।

निर्वाचनको दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दल एक ठाउँमा आएका छन् । कांग्रेस-एमालेबीच सहमति के-के हुन् ? शक्तिको बाँडफाँट कसरी हुन्छ ? संविधानका कुन-कुन व्यवस्थामा संशोधनको सहमति ? के आवश्यक छ ?

आजको सरोकारमा प्रस्तुत छ- नेपाली कांग्रेसका नेता जीवन परियार, नेकपा एमालेका नेता राजन भट्टराई र माओवादी केन्द्रका नेता माधव सापकोटासँग विकास थपलियाको बहस ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.