डेनमार्कलाई हराउँदै जर्मनी युरो कपको क्वार्टरफाइनलमा

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेनमार्कलाई हराउँदै जर्मनी युरो कपको क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक जर्मनी युएफा युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा जर्मनीलाई जित दिलाउन काइ हाभर्ट्ज र जमाल मुसियालले १-१ गोल गरे । दुबै खेलाडीले दोस्रो हाफमा गोल गरेका हुन् । ५३ औं मिनेटमा जोआकिम एन्डरसनबाट ह्यान्डबल भएपछि जर्मनीले पेनाल्टीको अवसर पाएको थियो । काइ हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए ।

६८ औं मिनेटमा जमाल मुसियालले गोल गरेपछि जमर्नी २-० को नतिजासहित क्वार्टरफाइनलमा प्रवेश गर्‍यो । डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रिले अफसाइड दिए । जोआकिम एन्डरसनको प्रहारले जाली चुमे पनि अफसइडका कारण गोलले मान्यता पाएन ।

अब सेमिफानइनल प्रवेशका लागि जर्मनीले स्पेन र जर्जियाबिचको खेलको विजेतासँग खेल्ने छ । स्पेनले जर्जियाबिचको खेल आजै राति हुने छ । आज राति नै हुने अर्को खेलमा इंग्ल्यान्डले स्लोभाकियाको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.