युरो कपमा साबिक विजेता इटाली अन्तिम १६ बाटै बाहिरियो

स्वीट्जरल्यान्डसँग २-० गोलले पराजित
असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरो कपमा साबिक विजेता इटाली अन्तिम १६ बाटै बाहिरियो

काठमाडौं । साबिक विजेता इटाली युरो कप २०२४ को प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । गएराति सम्पन्न खेलमा स्विट्जरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै बाहिरिएको हो ।

स्विट्जरल्यान्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले १-१ गोल गरे ।

बर्लिन ओलम्पिक पार्कमा ३७ औं मिनेटमा भार्गासको पासमा फ्रिउलारले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमै भार्गासले गोल गर्दै स्विट्जरल्यान्डलाई २-० को अग्रता दिलाए ।

उनले मिचेल एबिसरको पासमा बक्स भित्रबाट उत्कृष्ट फिनिस गरेका थिए । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसकेपछि स्विट्जरल्यान्ड २-० को जित सहित अन्तिम ८ मा प्रवेश गर्‍यो । अब स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकियाबीचको खेलको विजेतासँग खेल्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.