भारतले विश्वकप उपाधि जितेसँगै रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रियबाट संन्यास

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतले विश्वकप उपाधि जितेसँगै रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रियबाट संन्यास

काठमाडौं । भारत आईसीसी टी-२० विश्वपक २०२४ को च्याम्पियन बनेसँगै रोहित शर्मा र विराट कोहलीले टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । दुबै स्टार खेलाडीले संन्यास लिने योभन्दा राम्रो अवसर हुनै नसक्ने बताउँदै नयाँ खेलाडीलाई अवसर दिने बताए ।

२०१० मा जिम्वाब्बेविरुद्ध टी-२० आई डेब्यू गरेका कोहलीको नाममा टी-२० विश्वकपको इतिहासमा सर्वाधिक १ हजार २ सय ९२ रन बनाउने कीर्तिमान छ । उनले भारतका लागि १ सय २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा ४८ दशमलव ६९ को औसत र १३७ दशमलव ०४ को स्ट्राइक रेटमा ४ हजार १ सय ८८ रन बनाएका छन् । उनको नाममा ३९ अर्धशतक र १ शतक छ । उनी यस प्रारुपमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।

रोहितले टी-२० विश्वकपको इतिहासमा विराटपछि सर्वाधिक १ हजार २ सय २० रन बनाएका छन् । उनले भारतका लागि १ सय ५९ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा ३२ दशमलव शून्य ५ को औसत र १४० दशमलव ८९ को स्ट्राइक रेटमा ४ हजार २ सय ३१ रन बनाएका छन् । यस अवधिमा उनले ५ शतक र ३२ अर्धशतक प्रहार गरेका छन् । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.