युरो कपमा आज रातिबाट प्रिक्वार्टरफाइनलका खेल सुरु हुँदै

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरो कपमा आज रातिबाट प्रिक्वार्टरफाइनलका खेल सुरु हुँदै

काठमाडौं । युरो कपमा आज रातिबाट प्रिक्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा स्विट्जरल्यान्डले इटालीको सामना गर्दैछ । इटाली समूह बीको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको हो भने स्विट्जरल्यान्ड् समूह समूह ए को उपपिवजेता समेत हो ।

स्विट्जरल्यान्डले समूहमा तीन खेलमा नै हार ब्यहोरेन । जर्मनी र स्कटल्यान्डसँग बराबरी खेलेको उसले हंगेरीलाई हराएको थियो । समूहमा क्रोएसिया र टर्कियलाई बराबरीमा रोकेको इटालीले बोसनिया एन्ड हर्जगोभिनालाई एक–शून्यले हराएको थियो । युरो कप र विश्वकपको समग्र इतिहासमा यी दुई टोलीबीच पाँचौ पटक भेट हुन लागेको हो । यसअघिका खेलमध्ये इटाली र स्विटजरल्यान्डले दुईदुई खेल जितेका छन् । सन् २०१४ यता स्विटजरल्यान्डले हरेक संस्करणको विश्वकप र युरो कपको नकआउट चरणमा स्थान बनाएको छ ।

यता लगातार दुई विश्वकपमा छनोट हुन नसकेको इटाली पछिल्लो संस्करणको युरो विजेता हो । उसका विश्वकप र युरोकपका पछिल्ला २६ खेलमध्ये १५ खेल अतिरिक्त समयमा गएको छ । आज यी दुई बलिया टोलीबीच हुने खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । यसैगरी आजै राति पौने १ बजे जर्मनीले डेनमार्कको सामना गर्नेछ । आयोजक टिम जर्मनी समूह ए को विजेता बनेर अन्तिम १६ मा पुगेको हो । उसले डेनमार्क भने समूह सी को उपविजेता टोली हो । युरो कपको नकआउट चरणमा आयोजक टोलीविरुद्ध डेनमर्कको खराब नतिजा छ ।

यसले यसअघिका पाँच खेलमा आयोजक टिमसँग डेनमार्क पराजित छ । जर्मनी भने लगातार पाँचौ पटक नकआउट चरणमा पुगेको छ । चार पटक फिफा विश्वकप जितेको जर्मनी तीन पटक युरो च्याम्पियन बनेको छ । जर्मनी यो पटक चौथो उपाधिको लक्ष्यसाथ प्रतियोगितामा होमिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.