भ्रष्टाचारका २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ : गृहमन्त्री लामिछाने

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचारका २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विभिन्न कालखण्डमा भएका भ्रष्टाचार प्रकरणमध्ये २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले बजेटमा भएको व्यवस्थाअनुसार नै भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

'कुनै पनि कालखण्डमा भएका काण्डहरुमध्ये २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ,' उहाँले भन्नुभयो ।

उहाँले भ्रष्टाचार गर्ने जोसुकै भए पनि दोषीलाई निर्मम भएर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री लामिछानेले फरार अभियुक्तहरुलाई गिरफ्तार गर्न पनि सरकार निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.