कोशी प्रदेश सभा सुशासन तथा योजना समितिको जिल्ला दौडाहा

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेश सभा सुशासन तथा योजना समितिको जिल्ला दौडाहा

धनकुटा । कोशी प्रदेश सभाको सुशासन तथा योजना समितिले सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्या, चुनौती र तिनको समाधानका लागि सुझाव संकलन गरिरहेको छ ।

सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई निर्देशन दिने उद्देश्यले सुझाव संकलन गर्न कोशी प्रदेश सभाको सुशासन तथा योजना समिति सभापति मालती सुब्बा र इन्दिरा थापालगायत सदस्यको टोली धनकुटा पुगेको छ ।

समितिले धनकुटामा सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी, यातायात कार्यालय, स्थानीय तह, यातायात व्यवसायी तथा यातायात मजदुर संगठनलगायत सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरी सुझाव र गुनासो संकलन गरेको छ ।

छलफलका सहभागीले कोशी प्रदेशमा सञ्चालित अटो नियमन र भाडादर, शाखा र भित्री सडकमा रुट परमिटको व्यवस्था, पहाडी रुटमा चल्ने सार्वजनिक यातायातमा भाडादरमा हुने गरेको मनपरि तथा मुख्य राजमार्गमा ढुवानी तथा यातायातका साधनबाट स्थानीयतहले उठाइरहेको दोहोरो-तेहेरो करका विषय उठाएका छन् ।

समिति सभापति मालती सुब्बाले भएका कानुनको कडाइका साथ कार्यान्वयन र आवश्यक देखिएका विषयलाई ऐन बनाएर नियमन गर्न सरकारलाई निर्देशन दिने बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.