स्पेनिस क्लब रियाल मड्रिडका कप्तान नाचो फर्नान्डेस अल कादसियामा अनुबन्धित

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनिस क्लब रियाल मड्रिडका कप्तान नाचो फर्नान्डेस अल कादसियामा अनुबन्धित

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस साउदी प्रो लिग टोली अल कादसियामा अनुबन्धित भएका छन् । उनी स्पेनिस क्ल छोडेर हालै साउदीको शीर्ष डिभिजनमा बढवा भएको अल कादसियामा अनुबन्धित भएका हुन् । रियाल र नााचोबिचको सम्झैता यसै सिजन सकिएको थियो ।

३४ वर्षीय नााचाले रियालबाट २६ उपाधि जितेका थिए । जसमा छ वटा च्याम्पियन्स लिग, पाँच क्लब विश्व कप, पाँच स्पेनिस सुपर कप, चार ला लिगा उपाधि, र दुई कोपा डेल रे ट्रफी समेल छन् । २००१ देखि नै रियलमा अनुबन्धित भएका उनले सान्टियागो बर्नाबेउमा २३ वर्ष बिताएका थिए ।

हल उनी स्पेनबाट युरोकप खेलिरहेका छन् । यस्तै स्पेन तथा रियालकै फरवार्ड जोसेलु कतार स्टार्स लिग क्लब अल-घाराफामा आवद्ध भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.