कोलम्बिया कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलमा प्रवेश

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोलम्बिया कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । कोलम्बिया कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह डी मा कोस्टारिकाविरुद्ध ३-० गोल अन्तरको सहज जित हात पार्दै कोलम्बियाले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।

स्टेट फार्म स्टेडियम, एरिजोनामा कोलम्बियालाई जित दिलाउन लुइस डियाज, डेभिन्सन सान्चेज र जोन कोर्डोबाले १-१ गोल गरे । ३१ औं मिनेटमा लिभरपुलका विङ्गर डियाजले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

कोस्टारिकाका गोलकिपर प्याट्रिक सेक्वेराले कर्डोबालाई बक्स भित्र फाउल गरेपछि कोलम्बियाले पेनाल्टीको अवसर पाएको थियो । ५९ औं मिनेटमा कोलम्बियाले दोस्रो गोल गर्यो । सान्चेजले कर्नरका प्राप्त बलमा हेडर मार्फत गोल गरे । त्यसको तीन मिनेटपछि जेम्स रोड्रिग्वेजले गोल गर्दै कोलम्बियालाई ३-० को सहज जित दिलाए । कोस्टारिकाले पनि आक्रमक फुटबल खेल्दै कोलम्बियामाथि दवाब बढाउन खोजेको थियो । तर गोल भने फर्काउन सकेन ।

फेब्रुअरी २०२२ मा अर्जेन्टिनासँग १-० ले पराजित भएको कोलम्बिया त्यस यता अपराजित छ । यसले मार्च २०२२ देखि २० जित र पाँच बराबरीसहित प्रभावशाली प्रदर्शन गर्दै आएको छ । यससँगै कोलम्बिया दुई खेलबाट ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने कोस्टारिका र ब्राजिलसँग एक-एक अंक छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.