इन्दु बर्माको कप्तानीमा महिला क्रिकेट टोलीको घोषणा

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
इन्दु बर्माको कप्तानीमा महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं । इन्दु बर्माको कप्तानीमा एसीसी महिला एसिया कप खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । एसिया कप साउन ४ बाट १३ गतेसम्म श्रीलंकामा हुँदै छ ।

नेपाली टिममा रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी र सम्झना खड्का छन् ।

त्यसैगरी बाँकी खेलाडीमा काजोल श्रेष्ठ, सबनम राई, राजमति ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् । नेपाली महिला टिमले अहिले लामो अभ्यास गरिरहेको छ । प्रशिक्षक मनोज कटुवालले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement