सहाना प्रधान यू-नाइन्टिन भलिबल : महिलातर्फ लुम्बिनी र बागमती, पुरुषतर्फ बागमती प्रदेश विजयी

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहाना प्रधान यू-नाइन्टिन भलिबल : महिलातर्फ लुम्बिनी र बागमती, पुरुषतर्फ बागमती प्रदेश विजयी

काठमाडौं । लुम्बिनी र बागमती प्रदेशले सहाना प्रधान यू-नाइन्टिन महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आज जित हात परेका छन् । आजै भएको पुरुषतर्फको खेलमा भने बागमती प्रदेश विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई तीन-शून्यको सेटमा हराएको हो । कर्णालीलाई सुरुदेखि दबाबमा राखेको लुम्बिनीले पहिलो सेट २५-१३, दोस्रो २५-१४ र तेस्रो २५-१६ ले हराउँदै आफ्नो विजयी यात्रा कायमै राखेको छ ।

महिलातर्फकै अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई २५-१६, २५-१०, २५-६ ले हराएर जित कायमै राखेको छ । आजै भएको पुरुषतर्फको पहिलो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो सेटमा बागमतीले संघर्षपूर्ण जित हासिल गर्‍यो । उसले कर्णालीलाई हराउने क्रममा ३०-२८ र २५-२३ को जित निकालेको थियो । तेस्रो सेट भने बागमतीले सहजै जित्यो । कर्णालीलाई सुरुदेखि दबाबमा राख्दै बागमतीले तेस्रो सेटमा २५-१७ को जितका साथ ३ अंक थप्न सफल भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement