कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात

काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत आफ्नो पहिलो खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

ह्युस्टनमा आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई जित दिलाउन दुवै गोलका लागी जेम्स रोड्रिग्वेजले अवसर सिर्जना गरेका थिए । नेस्टर लोरेन्जोको टोलीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

३२ औं मिनेटमा रोड्रिग्वेजको क्रसमा ड्यानियल मुनोजले हेड गर्दै कोलम्बियाका लागि गोलको खाता खोले । त्यसको १० मिनेटपछि कप्तान रोड्रिग्वेजजको खतरनाक फ्रिकिकमा जेफरसन लेर्माको हेडरलाई पाराग्वेका गोलकिपर रोड्रिगो मोरिनिगोले रोक्न सकेनन् ।

पहिलो हाफमा २-० ले अघि रहेको कोलम्बियाले दोस्रो हाफमा १ गोल बेहोर्यो ।

पाराग्वेका फरवार्ड जुलियो एन्सिसोले ६९ औं मिनेटमा गोल फर्काएका थिए । कोलम्बियाले आफ्नो अपराजित दौडलाई २४ खेलसम्म विस्तार गरेको छ । पहिलो खेलबाट ३ अंक जोडेको कोलम्बिया तालिकाको शीर्ष स्थानमा छ । यसै समूहको खेलमा अहिले ब्राजिल र कोस्टारिकाले प्रतिस्पर्धा गर्दै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement