दक्षिण अफ्रिका १० वर्षपछि आईसीसी टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

सुपर एटमा वेष्टइन्डिज ३ विकेटले पराजित
असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिण अफ्रिका १० वर्षपछि आईसीसी टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ को १० औं खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका समूह दुईको विजेतका रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो । आयोजक वेस्ट इन्डिज भने टी-२० विश्वकपको दोस्रो चरणबाटै बाहिरिएको छ ।

सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुवामा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय मिटर ३५ रन बनाएको बनायो । वेस्ट इन्डिजका रोस्टन चेजले ४२ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५२ रन बनाए । काइल माएर्सले ३४ बलमा ३५ रन बनाए भने आन्द्रे रसेलले ९ बलमा १५ रन जोडे । दक्षिण अफ्रिकाका तब्रेज शम्शीले ३ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा वर्षात् भएपछि डकवर्थ लुइसका आधारमा उसले १७ ओभरमा १ सय २३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य दक्षिण अफ्रिकाले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरा गर्यो ।

दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले २७ बलमा २९ रन बनाएका थिए । हेनरिक क्लासेनले १० बलमा २२ रन बनाउादा एडेन मार्क्रमले १८ रनमा आउट भए । वेस्ट इन्डिजका रोस्टन चेजले ३ तथा आन्द्रे रसेल र अल्जारी जोसेफले समान २-२ विकेट लिए ।

यससँगै दक्षिण अफ्रिका अपराजित रहँदै सुपर एटमा प्रवेश गर्यो । भने समूह २ बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुङगो समेत लागेको छ । गए राति सम्पन्न खेलमा अमेरिकालाई पराजित गर्दै इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गरेको थियो । अर्को आयोजक अमेरिका पनि प्रतियोगिताबाट बाहिरसेको छ ।

प्रतियोगितामा सुपर ८ चरणमा दुई खेल मात्र बााकी रहदाा सेमिफाइनल प्रवेश गर्ने थप दुई टोलीको टुङ्गो लाग्दै छ । विश्वपकपमा आज भारत र अस्ट्रेलिया तथा भोली बिहान अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । यी दुवै खेल पछि समूह एकबाट सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ लाग्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement