रोमानियामाथि बेल्जियमको २-० गोल अन्तरको जित

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 रोमानियामाथि बेल्जियमको २-० गोल अन्तरको जित

काठमाडौं । युरोकपमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको छ । यस जितले बेल्जियमको नकआउट चरणमा पुग्ने सम्भाना जिवित रहेको छ ।

कोलोन स्टेडियममा बेल्जियमलाई जित दिलाउन यारी टेलेमन्स र केभिन डे ब्रुएनाले गोल गरे । खेल सुरु भएको ७३ औं सेकेन्डम टेलेमन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ७९ औं मिनेटमा ब्रुएनाले गोल गरे गरेपछि बेल्जियम २-० गोल अन्तरले विजयी भयो ।

यस नतिजासँगै समूह ईमा रहेका चारवटै टोलीको अघिल्लो चरण पुग्ने सम्भावना जिवित छ । यस समूह मा रहेका रोमानिया, बेल्जियम, स्लोभकिया र युक्रेनको समान ३-३ अंक छ र चारवटै टोलीले १-१ खेल खेल्न बाँकी छ । समूहको शीर्ष स्थानमा रोमानिया छ । दोस्रो स्थानमा बेल्जियम रहँदा तेस्रो र चौथो स्थानमा क्रमस स्लोभकिया र युक्रेन छन् । बुधबार हुने यस समूहका अन्तिम २ खेलपछि अघिल्लो चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.