सेन्ट भिन्सेन्ट । सन्दीप जोरा पनि बंगलादेशका तान्जिमकै बलमा आउट भएका छन् । तान्जिमले सन्दीपसहित ४ विकेट लिएका हुन् ।
नेपालले छैटौँ ओभरमा चौथो विकेट गुमाएको थियो । बंगलादेशका मुस्तफिजुरले ५ दशमलव ४ ओभरमा आसिफ सेखलाई आउट गराए ।
यसअघि कप्तान रोहित पौडेललाई बंगलादेशका तान्जिमले आउट गराएका थिए । रोहितलाई उनले ४ दशमलव २ ओभरमा आउट गराएका हुन् । त्यसअघि पनि तान्जिमले नै नेपालका अनिल शाहलाई शून्य रनमा आउट गराएका हुन् भने तेस्रो ओभरमा कुशल भुर्तेललाई पनि उनैले आउट गराएका हुन् ।
नेपालले आठौँ ओभरमा पाँच विकेटको क्षतिमा ३७ रन बनाएको छ । आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत जारी खेलमा बंगलादेशविरुद्ध शानदार बलिङ गरेको नेपालको ब्याटिङ भने कमजोर दखिएको छ । बंगलादेशलाई जित्न अब नेपाललाई ७१ बलमा ७१ रनको खाँचो छ ।
सम्बन्धित समाचार...