टी-ट्वेन्टी विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित, टसमा ढिलाइ

जेष्ठ ३०, २०८१ |सविना कार्की
टी-ट्वेन्टी विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित, टसमा ढिलाइ

फ्लोरिडा । आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण केही समय पछि धकेलिएको छ । खेल हुने अमेरिकाको फ्लोरिडा स्थित मैदानमा वर्षा भएपछि नेपाली समय अनुसार बिहान सवा ५ बजे सुरु हुने तय भएको खेल रोकिएको हो । केहीबेर अघि रोकिएको पानी फेरि हलुका पर्न सुरु भएको छ । 

केही बेरअघि पानी रोकिएपछि नेपाली समय अनुसार सवा ६ बजे निरीक्षणपछि टस गराउने आईसीसीले जनाएको थियो । यद्यपि पुनः हलुका पानी पर्न थालेकाले खेल हुने-नहुने अनिश्चति छ । सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो ।

नेपाली खेलाडीलाई हौसला दिन नेपाली दर्शक मैदानमा भेला भएका छन् । समूह ‘डी’ मा नेपाल र श्रीलंका पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा नेपाल पराजित भएको थियो भने श्रीलंका आफ्ना दुवै खेलमा पराजित भएको छ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।