टिमलाई हौसला दिन रंगशालामा समर्थक (फोटो फिचर)

जेष्ठ ३०, २०८१ |सविना कार्की
टिमलाई हौसला दिन रंगशालामा समर्थक (फोटो फिचर)

फ्लोरिडा । आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धाका लागि तम्तयार छ ।

खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति साढे ७ बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) हुनुपर्ने भए पनि वर्षाका कारण केही विलम्ब भएको छ ।

सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो । बिहादेखि सुरु भएको वर्षा साँझसम्म रोकिएको छैन । अहिले खेल हुने पर्खाइमा रंगशालामा उपस्थित भएका समर्थकहरु छन् ।

समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोली जितको खोजीमा छन् । तर मौसमले खेलको निर्धारण गर्न सकेको छैन ।

रंगशालामा टिमलाई हौसला दिन समर्थकहरु तम्तयार भएर बसेका छन् । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति साढे ८ बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ६ बजे) मैदानको पुन: निरीक्षण हुनेछ । त्यसपछि नेपाल र श्रीलंकाबीचको खेल हुने निर्धारण हुनेछ ।

हेरौं रंगशालामा उपस्थित दर्शकका थप तस्बिर :

यो पनि...

वर्षाले टस हुन नसकेको नेपाल-श्रीलंकाबीचको खेल केही ढिला हुने संकेत

श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालसामु इतिहास रच्ने अवसर छ : कप्तान रोहित पौडेल

‘जित्नैपर्ने दबाबमा रहेको श्रीलंकालाई नेपालले निराश पार्न सक्छ’ [जगत टमाटासँगको अन्तर्वार्ता]


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।