काठमाडौं । एएफसी एसियन च्याम्पियन्स लिगको उपाधि अल-ऐनले जितेको छ । गए राति सम्पन्न फाइनलको दोस्रो लेगमा जापानको योकोहामा एफ मारिनोसलाई ५-१ ले हराउँदै युएईको अल-ऐन च्याम्यिन बनेको हो ।
पहिलो लेगमा २-१ ले पछि परेको अवस्थालाई उल्ट्उँदै घरेलु लेगमा एकतर्फी प्रदर्शन गरेको अल-ऐनले समग्रमा ६-३ को नतिनासहित २१ बर्षपछि पहिलो पटक महादेशीय उपाधि जितेको हो । हज्जा बिन जायद स्टेडियममा खेलको आठौं मिनेटमा सुफियन रहिमीले गोल गरेपछि पहिलो लेगमा १ गोललेपछि परेको अल-ऐनले खेल बराबरी गर्यो ।
३३ औं मिनेटमा अलेजान्ड्रो रोमेरोले पेनाल्टीमा गोल गरे । ४० औं मिनेटमा योकोहामाका यान म्याथ्युजले खालिद इसामाथि फाउल गरेपछि रातो कार्डको सामना गर्नुपर्यो । त्यसपछि योकोहामा १० खेलाडीमा सीमित भयो । पहिलो हाफको इन्जुरी समयको १० औं मिनेटमा व्लियम पोपले गोल गर्दै योकोहामालाई खेलमा फर्काउने प्रयास गरे ।
६७ औं मिनेटमा रहिमीले ब्याक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा कोडजो लाबाले लगातार २ गोल गरेपछि अल-ऐन समग्रमा ६-३ को नतिजासहित च्याम्यिन बन्यो । युएईको सबैभन्दा सफल क्लब अल ऐनले २००३ मा पहिलो संस्करणको प्रतियोगिता जितेको थियो । यो टिम सन् २००५ र २०१६ मा उपविजेता बनेको थियो ।