इंग्लिस प्रिमियर लिगमा एभर्टनविरुद्ध चेल्सीको विशाल जित

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिगमा एभर्टनविरुद्ध चेल्सीको विशाल जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा मिडफिल्डर कोल पाल्मरले सुरुवाती २९ मिनेट भित्रै ह्याट्रिकसहित समग्रमा ४ गोल गरेपछि चेल्सीले एभर्टनविरुद्ध ६-० को विशाल जित दर्ता गरेको छ ।

स्टामफोर्ड ब्रिजमामा पाल्मरले १३ औं, १८औं, र २९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पाल्मरले स्ट्यामफोर्ड ब्रिजमा लगातार दोस्रो ह्याट्रिक पूरा गरेका हुन् । यससँगै उनले इंग्ल्यान्डका लागि युरो २०२४ छनोट खेल्ने टिममा आफ्नो दाबेदारी पेस गरेका छन् ।

निकालस ज्याक्सनले ४४ औं मिनेटमा गोल गर्दै चेस्सीलाई पहिलो हाफमै ४-० को अग्रता दिलाए । पाल्मरले ६४ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत चौथो गोल थपे । उनले यो सिजन प्रिमियर लिगमा २० गोल गरेका छन् । २१ वर्षी पाल्मरले माउरिसियो पोचेटिनोको टोलीका लागि एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरे । सन् २०१६-१७ मा डिएगो कोस्टाले ब्लुजका लागि एकै सिजन सर्वाधिक २० गोलको कीर्तिमान बनाएका थिए ।

९० औं मिनेटमा एल्फी गिलक्रिस्टले गोल गरेपछि चेल्सी ६-० को फराकिलो जित हात पार्न सफल भयो । यससँगै चेल्सीले प्रिमियर लिगमा आफ्नो अपराजित दौडलाई आठ खेलसम्म विस्तार गरेको छ । तालिकाको नवौं स्थानमा रहेको उसको ३१ खेलमा ४७ अंक छ ।

एक खेल बढी खेलेको एभर्टन २७ अंकसहित १६ औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement