क्रिस्टियानो रोनाल्डोको ६५औं ह्याट्रिक

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
क्रिस्टियानो रोनाल्डोको ६५औं ह्याट्रिक

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ६५औं ह्याट्रिक गरेपछि साउदी प्रो लिगमा अल-नासारले आभालाई ८-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्पोर्ट्स सिटीमा रोनाल्डोले खेलको सुरुवाती २० मिनेटभित्रै दुई वटा फ्रि किकलाई गोलमा परिणत गरेका थिए । ३३औं मिनेटमा लिभरपुलका पूर्वफरवार्ड र सेनेगलका साडियो मानेले रोनाल्डोकै पासमा गोल गरे ।

पाँच पटकको बालोन दो विजेता रोनाल्डोले ४२औं मिनेटमा ह्याट्रिक पूरा गरे । ३९ वर्षीय रोनाल्डोले साउदी प्रो लिगमा यस सिजन २९ गोल गरेका छन् । उनी गोल्डेन बुट दौडमा शीर्ष स्थानमा छन् ।

४४औं मिनेटमा साउदी मिडफिल्डर अब्दुलमाजिदले गोल गरेपछि अल-नासारले पहिलो हाफमा ५-० को अग्रता बनायो । अब्दुलरहमान घारिबले टिमका लागि छैटौं गोल गरे । त्यसपछि अब्दुलअजिज अल-अलिवाले ६३औं र ८६औं मिनेटमा गोल गरेपछि अल-नासारले ८-० को विशाल जित दर्ता गर्‍यो ।

जितसँगै अल-नासरले २६ खेलमा ६२ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा छ । लिग लिडर अल-हिलालको समान खेलमा अल-नासरको भन्दा १२ अंक बढी छ । रेलिगेसन जोनमा रहेको आभा २२ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.