मोरङ । पाहुना टोली साउथर्न समिति फुटबल क्लब कोलकातालाई हराउँदै मछिन्द्र फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मछिन्द्रले कोलकातालाई २-१ गोल अन्तरले पराजित गरेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
विराटनगरको सहिद रङ्गशालामा मछिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक भए । टिमलाई सेमिफाइनलमा पुर्याउन दुवै गोल स्टेफनले गरेका थिए । कोलकाताका सोनु हल्दारले सान्त्वना गोल फर्काए ।
विनोङले खेल सुरु भएको १०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मनिष डाँगीको पासमा स्टेफनले मध्य भागबाट बललाई एक्लै अघि बढाउँदै सानदार सोलो गोल गर्ने क्रममा कोलकाताका गोलकिपर सुरजक मल्किलाई सहजै बिट गरे ।
कोलकाताका सोनु हल्दारले ३२औं मिनेटमा गोल गर्दै खेल १-१ को बारबारीमा फर्काए । तर, ५५औं मिनेटमा स्टेफन विनोङले गोल गर्दै मछिन्द्रलाई २-१ को जित दिलाए ।
मछिन्द्रले फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग प्रतिस्पर्धा गर्नेछ ।