नेपाल-ए र आयरल्यान्ड उल्भ्सबीचको एक दिवसीय सिरिज आजबाट

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल-ए र आयरल्यान्ड उल्भ्सबीचको एक दिवसीय सिरिज आजबाट

काठमाडौं । नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको ३ खेलको एकदिवसीय सिरिज आजबाट सुरु हुँदै छ । टीयू क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

यसअघि सम्पन्न टी-२० सिरिजमा २-१ को हार बेहोरेको घरेलु टोली जितसहित एकदिवसीय सिरिज सुरुवात गर्ने लक्ष्यमा छ । भ्रमण टोली पनि जित निकाल्दै सुखद सुरुवातको योजनामा हुनेछ ।

यसअघि टी-२० सिरिज खेलका कप्तान विनोद भण्डारी, देव खनाल, आरिफ शेख, बसिर अहमद र कमलसिंह ऐरीले मात्र एकदिवसीय सिरिज खेल्नेछन् । त्यसबाहेक अर्जुन कुमाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद,  शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल नेपाल एको एक दिवसीय टिममा सामेल छन् ।

मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले आयरल्यान्ड उल्भ्सविरुद्धको एक दिवसीयमा युवा खेलाडीलाई मैका दिन सक्छन् । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइबार आयोजना हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.