साउदी प्रो लिगमा अल इत्तिहादमाथि अल आलीको जित

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिगमा अल इत्तिहादमाथि अल आलीको जित

काठमाडौं । साउदी प्रो लिगमा घरेलु टोली अल आलीले अल इत्तिहादमाथि एक-शून्य गोलको जित हात पारेको छ ।

जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा गएराति भएको खेलमा आलीले २१ औं मिनेटमा गोलको मौका गुमाएको थियो । ३४ औं मिनेटमा भने कुनै गल्ती गरेन । फिराज अल बराइकनले आलीलाई अग्रता दिलाएका थिए । उनका लागि रोबर्टो फिरमिनोले पास उपलब्ध गराएका हुन् । ५२ औं मिनेटमा इत्तिहादले खेल बराबरी गर्ने मौका पाएको थियो । तर हसन कादेसको हेडर गोलकिपर इडुवार्ड मेन्डीले बचाए ।

७० औं मिनेटमा करिम बेन्जिमा सम्मिलित इत्तिहादको अर्को प्रयास असफल भएपछि फिराजको गोल नै आलीको जितमा निर्णायक बन्यो । ८२ औं मिनेटमा फिरमिनोले गोल गरेका थिए । तर अफसाइड भयो । इत्तिहादको लगातार तीन खेलयताको जित यात्रामा पनि पुर्ण विराम लागेको छ । अल आली २६ खेलबाट ५१ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

जुन चौथो स्थानको इत्तिहादको भन्दा ५ अंकले बढी हो । शीर्ष स्थानको अल हिलालको २५ खेलबाट ७१ अंक छ । दोस्रो स्थानमा रहेको क्रिस्टियानो रोनाल्डोको अल नासारको ५९ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.