केपी ओली कपका दुवै सेमिफाइनल आज

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
केपी ओली कपका दुवै सेमिफाइनल आज

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपमा आज सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा जावलाखेल युवा क्लबले न्यूरोड टिम, एनआरटीको सामना गर्नेछ।

क्वार्टरफाइनल खेलमा आयोजक केपी ओली टिमलाई हराएर जावलाखेलले अन्तिम चारमा स्थान बनाएको थियो । एनआरटीले भने सिधै क्वाटरफाइनल खेलेको थियो । उसले बलियो प्रतिद्वन्द्वी थ्रीस्टारलाई हराएको हो । यो खेल बिहान साढे ११ बजे सुरु हुनेछ। 

दोस्रो सेमिफाइनल खेल पनि आजै हुनेछ । दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र फुटबल क्लबले दार्जिलिङको मानेभञ्ज्याङ एफसीसँग खेल्नेछ । भारतीय टोली मानेमञ्ज्याङले आई लिग टोली दिल्ली एफसीलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो । साविक विजेता मछिन्द्रले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबमाथि ४-शून्यको फराकिलो जित दर्ता गरेको थियो । दुवै सेमिफाइनल दशरथ रंगशालामा हुनेछन्। क्वार्टरफाइनलसम्मका खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.