फुटबलर एन्ड्रियास ब्रेह्मेको निधन

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
फुटबलर एन्ड्रियास ब्रेह्मेको निधन

काठमाडौं । जर्मनीका महान तथा विश्वकप विजेता फुटबलर एन्ड्रियास ब्रेह्मेको ६३ वर्षको उमेरमा निधन भएको छ ।

उनको पूर्वक्लब काइजर स्लाउटर्नले उनको निधन भएको पुष्टि गरेको हो । ब्रेह्मेले इटालीमा भएको सन् १९९० को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध पेनाल्टीमा गोल गर्दै जर्मनीलाई तेस्रो विश्व उपाधि दिलाएका थिए ।

रोममा भएको विश्वकप फाइनलमा उनको स्पट किकले डिएगो म्याराडोनाको अर्जेन्टिनालाई १-० ले पराजित गर्दा आक्रमण फुल ब्याक ब्रेह्मे महान् फुटबलरको सूचीमा सामेल भएका थिए ।

उनले काइजर स्लाउटनबाट १० वर्ष व्यावसायिक फुटबल खेलेका थिए । त्यहाँ उनले जर्मन च्याम्पियन र जर्मन कपसमेत जितेका थिए । ब्रेह्मेले सन् १९९८ मा संन्यास लिनुअघि बायर्न म्युनिख र इन्टर मिलानका लागि पनि खेलेका थिए । उनले जर्मनीका लागि ८६ क्याप जितेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.