नेपाल र नामिबियाबीचको खेलमा अर्धशतक बनाएका आसिफ सेख पनि आउट

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल र नामिबियाबीचको खेलमा अर्धशतक बनाएका आसिफ सेख पनि आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुमा जारी नेपाल र नामिबियाबीचको खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

जारी खेलमा ६४ बलमा ५८ रन बनाएका आसिफ सेख पनि आउट भएका छन् । उनीसँगै नेपाली टोलीले ५ विकेट गुमाएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा पहिलो विकेटमा कुसल भुर्तेल आउट भएका हुन् । उनले १६ बलमा १८ रन बनाए । यस्तै अनिल शाह ३८ रन र देव खनाल ४३ रनमा आउट भए ।

कप्तान रोहित पौडेल पनि आउट भएका छन् । नेपालले २४ औँ ओभरमा ५ विकेट गुमाउँदै अहिले १ सय १२ रन बनाएको छ ।

जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ । पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ । नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो ।

नामिबियासँगको पहिलो खेलमा कुशल भुर्तेल रोयल डक भएका थिए। आसिफ ४, अनिल साह ८ र रोहित पौडेल एक रनमा आउट भएपछि नामिबियाले नेपालमाथि दबाब बनाएको थियो । नेपाल १ सय ३२ रनमा अल आउट भएको थियो । यो खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.