गाडी दुर्घटनामा विश्व कीर्तिमानी धावक केल्विन किपटमको निधन

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
गाडी दुर्घटनामा विश्व कीर्तिमानी धावक केल्विन किपटमको निधन

काठमाडौं । विश्व कीर्तिमानी म्याराथन धावक केल्विन किपटम र उनका प्रशिक्षक गेर्भिस हाकिजिमानाको सवारीसाधन दुर्घटनामा हिजो निधन भएको छ ।

केन्याका प्रधानमन्त्री राइला ओडिङ्गाले सामाजिक सञ्जालबाट उनीहरुको मृत्यु भएको जानकारी दिएका हुन् । केन्याका खेलकुदमन्त्री अबाबु नमवाम्बाले यो पल भयावह पीडादायी भएको र केन्याले विशेष रत्न गुमाएको भनेका छन् ।

२४ वर्षका किपटमले अमेरिकाको सिकागोमा गत अक्टोबरमा भएको प्रतियोगितामा विश्व कीर्तिमान बनाएका थिए । उनले २ घण्टा ३५ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । त्यसअघि २ घण्टा १ मिनेट ९ सकेन्डको रेकर्ड इलुइड किपचोगेको नाममा थियो । उनले सन् २०२२ मा सो रेकर्ड बनाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.