मनीष डाँगीको कप्तानीमा नेपाली फुटबल टोली घोषणा (नामसहित)

नेपाली र चिनियाँ टोलीबीच भोलि काठमाडौंमा मैत्रीपूर्ण फुटबल
माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
मनीष डाँगीको कप्तानीमा नेपाली फुटबल टोली घोषणा (नामसहित)

काठमाडौं । मनीष डाँगीको कप्तानीमा चीनको युवा टोलीसँग खेल्ने नेपाली युवा फुटबल टिमको घोषणा गरिएको छ । चीनको युसु युवा टोलीविरुद्ध भोलि दशरथ रंगशालामा खेल्ने नेपाली टोलीको घोषणा भएको हो ।

नेपाल आएको चिनियाँ टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय खेल्न लागेको छ । नेपाली खेलाडीसँग खेल्न पाउँदा चीनको टिमका कप्तान दोर्जीले खुसी व्यक्त गरेका छन् । यो टोली चीनको युसु राज्यको उमेर समूहको टोली हो । नेपाली टिमका कप्तान मनीषले तयारी राम्रो भएको र प्रदर्शन पनि सोहीअनुसार गर्ने बताए ।

मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले चार खेलाडी अस्ट्रेलिया जानु सबैभन्दा ठूलो घाटा भएको बताए । चार दिनअघि मात्र गोलकिपर अनिश देउलासँगै सेसेहाङ आङ्देम्बे, आशिष चौधरी र सिमान्त थापा अस्ट्रेलिया गएका थिए । त्यो पलायनले टिमलाई घाटा लागेको उनको भनाइ छ ।

अहिले नेपाली टिमको फरवार्डमा समीर तामाङ, सन्जीव विष्ट, नीराजन धामी र मनीष डाँगी छन् । त्यसैगरी नेपाली टोलीको मिडफिल्डमा आयुष घलानसँगै प्रशान्त लक्साम, उत्सव राई, लाकेन लिम्बू, सन्तोष खत्री, राहन कार्की, चन्दन कुमार र कुशल देउवा छन् ।

नेपालको डिफेन्डरमा पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, आशिक बाबु, सुमिन श्रेष्ठ र विशाल बस्नेत छन् । पुजन होना, विशाल सुनार र सन्तोष महत नेपाली युवा टोलीको गोलकिपर हुन् । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा खेल हुन लागेको हो । भोलि साढे ३ बजे सुरु हुने खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स टेलिभिजनबाट हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.