Kantipur Samachar | कान्तिपुर समाचार, १२ मंसिर २०८१

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १२ मंसिर २०८१

आजका मुख्य समाचार,

* काम गर्न नसकेपछि बजेटलाई दोष दिँदै मध्यावधि बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन / परिणाम नदिने मन्त्री हटाउने चेतावनी / मन्त्री र सचिवबीच एक अर्कालाई दोषारोपण ।

* प्रधानमन्त्रीको भ्रमणका प्रस्तावित एजेन्डा लिएर परराष्ट्रमन्त्री राणा भोलि चीन जाने / बीआरआई अन्तर्गत कुनै न कुनै परियोजनामा हस्ताक्षर हुने एमालेको दाबी ।

* डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीको बैंक खाता रोक्का गर्न प्राधिकरणद्वारा राष्ट्र बैंकलाई पत्राचार / सेयर निष्कासनमा समेत रोक लगाउन धितोपत्र बोर्डलाई आग्रह ।

* इजरायल र हिजबुल्लाहबीचको युद्धविराम सम्झौता कार्यान्वयनपछि विस्थापितहरु घर फर्कँदै / आफ्ना नागरिकलाई उत्तरी क्षेत्रमा फर्कन भने इजरायली सेनाले दिएन अनुमति ।

* महिला अन्डर–१९ विश्वकपका लागि प्रस्तावित ५ मैदानमध्ये पोखरा उपयुक्त नभएको आईसीसीको प्रष्टोक्ति / पूर्वाधार नै नभएको जिकिर / दुई वर्षभित्र बनाइसक्ने सरकारको प्रतिबद्धता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.