इलाम । दोस्रो इलाम गोल्डकप मंसिर २२ देखि सुरु हुने भएको छ । उद्घाटन खेलमा आयोजक रेडहर्स एफसीले काठमाडौंको संकटा क्लबसँग खेल्ने छ ।
प्रतियोगिताका लागि आयोजकले तयारी तीव्र पारिएको जनाएको छ । आयोजक रेडहर्स एफसीले मंसिर २२ देखि २९ गतेसम्म चल्ने प्रतियोगिताको टाइसेट सार्वजनिक गर्दै तयारीको विषयमा जानकारी गराएको हो ।
पूर्वी पहाडकै प्रतिष्ठित मानिएको गोल्डकपका विजेताले १० लाख र उप-विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, न्युरोड टिम एनआरटी, जीटीए-११ दार्जिलिङ र मछिन्द्र एफसी काठमाडौंको सहभागिता हुनेछ ।