साम्बाले डेब्यु गरेको खेलमा बोर्डोसँग १-१ गोलको बराबरी

माघ २१, २०८० |कान्तिपुर टीभी संवाददाता
साम्बाले डेब्यु गरेको खेलमा बोर्डोसँग १-१ गोलको बराबरी

काठमाडौं । फ्रेन्च डिभिजन वानमा नेपाली फरवार्ड सावित्रा भण्डारी 'साम्बा'ले डेब्यु गरेको खेलमा उनको क्लब एन अभान्ट ग्वेंगाम्पले बोर्डोसँग १-१ गोलको बराबरी खेलेको छ ।

बोर्डोको मैदानमा ग्वेंगाम्पले ८ औँ मिनेटमा अग्रता लिए पनि जोगाउन सकेन । उसका एन्टोइन स्टारोभाले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । बोर्डोका लागि लौरा बौर्गोइनले ३६ औँ मिनेटमा बराबरी गोल फर्काइन् । 

खेलको ७५ औँ मिनेटमा मैदान प्रवेश गर्दै सावित्राले फ्रेन्च डिभिजन वानमा डेब्यु गरिन् । साम्बालाई शुक्रबार ग्वेंगाम्पले अनुबन्ध गरेको आधिकारिक रूपमा जानकारी दिएको थियो । बराबरीसँग १०औँ स्थानमा रहेको ग्वेंगाम्पले १३ खेलमा ९ अंक जोडेको छ । 

समान खेलमा ६ अंक जोडेको बोर्डो पुछारमा छ । ग्वेंगाम्पले अब शनिबार फ्लुरीको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement