आजका मुख्य समाचार,
* विपद् पूर्वतयारीमा सिंहदरबारभित्रै खेलाँची / खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रण गर्नै दुई घण्टा लाग्यो / मन्त्रीको कार्यकक्ष जलेर नष्ट ।
* विद्यालय शिक्षा नि:शुल्क पाउने संवैधानिक व्यवस्थाको उपहास / तीन तहका सरकारको साझेदारीमा शिक्षा कोष बनाउने निर्णय पनि लागू भएन / शुल्कमा विद्यालयहरुको मनपरी ।
* कोशीका पहाडी जिल्लामा सञ्चालित सुरक्षित नागरिक आवास कार्यक्रम अलपत्र / ७ हजारभन्दा बढी लाभग्राहीले पहिलो किस्ताको रकम नै पाएनन् ।
* दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा / ४८ सिटमा भाजपा विजयी हुँदा आम आदमी २२ मै सीमित / कंग्रेस लगातार तेस्रो कार्यकाल पनि सिटविहीन ।
* बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम एनआरटीले जित्यो / चर्च ब्वाइज युनाइटेड दुई-एक गोलले स्तब्ध ।