म्यानचेस्टर युनाइटेडले लिस्टर सिटीलाई हराउँदै एफए कपको तेस्रो चरणमा प्रवेश

माघ २६, २०८१ |खेल ब्युरो
म्यानचेस्टर युनाइटेडले लिस्टर सिटीलाई हराउँदै एफए कपको तेस्रो चरणमा प्रवेश

काठमाडौं । इंग्लिस एफए कपको चौथो चरण गए राति सुरु भएको छ । पहिलो खेलमा म्याचनेस्टर युनाइटेडले लेस्टर सिटीलाई २-१ गोल अन्तरले हरायो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पुनरागमन जित निकालेको हो । पाहुना टोली लेस्टरले खेलको ४२औं मिनेटमा गोल गरेको थियो । डे कोरडोभा राइडले गोल गरेर लेस्टरलाई अग्रता दिलाए । 

तर, खेलको दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान प्रवेश गरेको युनाइटेडले गोल फर्काउन सफल भयो । उसका लागि जोसुवा जिर्कजीले ६८औं मिनेटमा गोल गरे । गार्नाचोले बाँयाबाट दिएको पास रासमस होलुन्डले पाएका थिए । होलुन्डको प्रहार डिफेन्डरले छेकेपछि रिबाउन्ड बलमा जिर्कजीले खाली नेटमा प्रहार गरेका थिए । यससँगै खेल १-१ गोलको बराबरीमा पुग्यो । 

युनाइटेडले त्यसपछि मोमेन्टम पाएको भए पनि थप गोल गर्न स्टपेज समय नै पर्खिनुपर्‍यो । स्टपेज समयको तेस्रो मिनेटमा डिफेन्डर ह्यारी मग्वायरले गोल गरे । ब्रुना फरनान्डेसको फ्रि किकमा मग्वायरले सेट पिस गोल गरेर युनाइटेडलाई जित दिलाएका हुन् । घरेलु मैदानमा युनाइटेडले जित हात पारेको यो लगातार १९औं खेल हो । जितसँगै युनाइटेड एफए कपको तेस्रो चरण प्रवेश गरेको छ । 



Enter Kantipur TV HD
Advertisement