बक्सिङ र मुबाथाईको त्रिदेशीय सिरिज हुँदै

माघ २६, २०८१ |खेल ब्युरो
बक्सिङ र मुबाथाईको त्रिदेशीय सिरिज हुँदै

काठमाडौं । मनाङका समाजसेवी छेङ्य गुरुङको स्मृतिमा सीजीजी फाइट सिरिजको दोस्रो संस्करण बक्सिङ र मुबाथाई प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल बक्सिङ संघसँगको सहकार्यमा सीजीजी स्पोर्ट हबले फागुन ९ र १० गते स्वयम्भुमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल, भारत र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा भारतबाट २ टिम आउने र भुटानको एक टिम आउने आयोजकले जनाएको छ । एसियन गेम्समा नेपालका हेड कोच रहेका शिव शेनाले भारतका खेलाडी लिएर आउनेछन् भने एसियन गेम्समा भाग लिएका खेलाडीकै अर्को टोली पनि आउनेछ । 

बक्सिङका जुनियर, युथ र सिनियरतर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिताबाट नेपालका उदीयमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीलाई मित्रराष्ट्र भारत तथा भुटानका उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गराई नेपालमा उत्कृष्ट खेलाडी निकाल्ने उद्देश्य रहेको आयोजक सीजीजी स्पोर्ट्स हबले जनाएको छ ।



Enter Kantipur TV HD
Advertisement