हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु, ४ देशका ८५ खेलाडी सहभागी

मंसिर १३, २०८० |सुजन पुडासैनी
हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु, ४ देशका ८५ खेलाडी सहभागी

हेटौंडा । हेटौंडामा बुधबारबाट ‘हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ सुरु भएको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघ र नेपाल खेलकुद महासंघको आयोजनामा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितमा ४ देशका ८५ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा भारतका ५४, नेपालका २४, बंगलादेशका ६ र श्रीलंकाका एक खेलाडी सहभागी छन् ।

प्रतियोगितामा स्विस लिग प्रणालीअन्तर्गत ९ खेल खेलाइनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख २५ हजार रुपैयाँ, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्ने मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।

यस्तै चौथो हुनेले २५ हजार, पाँचौंले २० हजार, छैटौंदेखि दशौंसम्मलाई नगद १५ हजार रुपैयाँ र एघारौंदेखि पन्ध्रौंसम्मलाई नगद ११ हजार रुपैयाँ प्रदान गरिने दिने आयोजकले जनाएको छ । बुधबारबाट सुरु भएको प्रतियोगिता मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ ।


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement