कतार विश्वकपमा मेसीले लगाएका ६ वटा जर्सी अक्सनमा राखिँदै

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
कतार विश्वकपमा मेसीले लगाएका ६ वटा जर्सी अक्सनमा राखिँदै

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीले सन् २०२२ को कतार विश्वकपमा लगाएका ६ वटा जर्सीलाई अक्सनमा राखिँदैछ ।

यो महिनाको अन्तिममा बिडिङ सुरु हुनेछ । मेसीले लगाएको जर्सी, खेलकुद जगतकै सबैभन्दा मूल्यवान हुने अनुमान गरिएको छ ।

सेतो र निलो रंगको जर्सीको अक्सन नोभेम्बर ३० देखि सुरु भएर डिसेम्बर १४ मा बन्द हुनेछ । सोही बेला सर्वसाधरणका लागि जर्सीलाई प्रर्दशनीमा पनि राखिनेछ । जर्सीको संकलनले दश मिलियन डलरभन्दा बढी मूल्य पाउने विश्वास गरिएको छ ।

संकलनमा मेसीले विश्वकप फाइनलमा फ्रान्सविरुद्ध पहिलो हाफमा लगाएको जर्सी पनि समावेश छ । अक्सनबाट प्राप्त रकमको केही हिस्सा लियो मेसी फाउन्डेसनको पनि सहयोग रहेको बार्सिलोनाको बाल अस्पताललाई प्रदान गरिनेछ ।

खेलकुदको मूल्यवान वस्तुको कीर्तिमान अमेरिकाका माइकल जोर्डनको नाममा छ । उनले सन् १९९८ को एनबीए फाइनलमा लगाएको जर्सीले गत वर्ष दश दशमलव एक मलियन डलर मूल्य पाएको थियो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.