जोकोभिचलाई कीर्तिमानी सातौँ पटक एटीपी फाइनल्सको उपाधि

मंसिर ४, २०८०
जोकोभिचलाई कीर्तिमानी सातौँ पटक एटीपी फाइनल्सको उपाधि

टुरिन । यान्निक सिनरलाई सोझो सेटमा हराउँदै नोभाक जोकोभिचले कीर्तिमानी सातौँ पटक एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन् । टुरिनमा गएराति सम्पन्न खेलमा उनले स्थानीय खेलाडी सिनरलाई हराएका थिए ।

पहिलो सेटमा ६–३ को जित दर्ता गरेका ३६ वर्षिय जोभोभिचले दोस्रो सेटमा पनि उतिनै स्कोरले सिनरलाई हराएका हुन्। उनी सातौं पटक एटीपी फाइनल्सको उपाधि जित्ने कीर्तिमानी खेलाडी बनेका छन् ।

रोजर फेडेररको छ पटकको उपाधिलाई पछि पार्दै जोभोभिचले नयाँ कीर्तिमान खडा गरेका हुन् । उपाधि जितेपछि जोभोभिचले आफ्नो प्रतिस्पर्धी अब पुराना खेलाडीबाट नयाँ खेलाडीमा सरेको प्रतिक्रिया दिएका छन् ।

समूह चरणमा सिनरसँगै हार ब्यहोरेका जोभोभिचले सेमिफाइनलमा अल्काराजलाई हराएका थिए । टुरिनमा भरिएको रंगशालामा अधिकांश समर्थक सिनरको पक्षमा थिए। तर जोभोभिचले ती सबै समर्थकलाई स्तब्ध पारे ।

यो वर्ष जोकोभिचले चारमध्येको तीन ग्राण्डस्लम उपाधि जितेका छन्। त्यसपछि उनी पुनः विश्व वरीयताको शीर्ष स्थानमा पुगेका थिए ।