१२ वर्षपछि उपाधि उचाल्ने भारतको दाउ

छैटौं पटक विश्वकप जित्ने अस्ट्रेलियाको योजना
मंसिर २, २०८० |कान्तिपुर टीभी संवाददाता
१२ वर्षपछि उपाधि उचाल्ने भारतको दाउ

काठमाडौं । सन् २००३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा, भारतलाई १ सय २५ रनले पराजित गर्दै अस्ट्रेलिया तेस्रो पटक ओडीआई विश्वकप च्याम्पियन बनेको थियो । ३ सय ६० रनको लक्ष्य पछ्याएको भारतका लागि राहुल द्रविडले ४७ रनको योगदान गरे । तर उपाधिका लागि पर्याप्त भएन ।

२० वर्षपछि फेरि यी दुई टोली उपाधिका लागि आमने-सामने हुँदैछन् । यस पटक द्रविड भारतीय टिमको मुख्य प्रशिक्षक छन् । अपराजित घरेलु टोली र सानदार पुनरागमन गरेको अस्ट्रेलियाबीच अहमदावादमा फाइनल भिडन्त हुँदै छ । को बन्ला त १३ औं संस्करणको विजेता ?

अहमदाबादस्थित विश्वकै सर्वाधिक १ लाख ३० हजार दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियमा फाइनल सुरु हुन अब २४ घन्टाभन्दा कम समय बाँकी छ । ब्लक बस्टर भिडन्तका लागि समर्थकको उत्साह प्रत्येक मिनेट बढिरहेको छ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया कीर्तिमान बनाउने लक्ष्यमा छ ।

भारतले पछिल्लो पटक सन २०११ र अस्ट्रेलियाले २०१५ मा उपाधि जितेका थिए । प्याट कमिन्सको टोली अस्ट्रेलियाले बिहीबार राति लो स्कोरिङ सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित दर्ता गर्दै फाइनलमा भारतसागको भेट पक्का गर्‍यो । अस्ट्रेलियाले २ सय १३ रनको लक्ष्य १६ वल बााकी हुादा सात विकेट गुमाएर पूरा गरेको हो ।

भारतले न्युजिल्यान्डको चुनौती १ सय ६० रनले समाप्त गरेको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग पराजित अस्ट्रेलियाले त्यसपछिका आठ खेलमा लगातार जित हात पार्दै फाइनल यात्रा तय गरेको हो । अस्ट्रेलिया पुनरागमनका लागि अब्बल मानिन्छ । तर म्याच विनरले भरिपूर्ण अपराजित भारतलाई हराउन सहज हुने छैन । यसै वर्ष भारतलाई नै हराएर अस्ट्रेलियाले टेस्ट च्याम्यिनसिपको उपाधि जितेको थियो ।

अस्ट्रेलियाले २७ वर्षयता खेलेका कुनै पनि आईसीसी प्रतियोगिताको फाइनल हारेको छैन । उसले अन्तिम पटक १९९६ विश्वकपको फाइनलमा श्रीलंकासाग ७ विकेटको हार बेहोरेको थियो । त्यसयता उसले तीन एकदिवसीय विश्वकप, एक टी-२० आई विश्वकप, एक टेस्ट च्याम्यिनसिप र दुई च्यापियन्स ट्रफी जितेको छ । उसले एकदिवसीय विश्वपकमा हालसम्म खेलेका ७ मध्ये ५ फाइनल जितेको छ ।

भारतले २०११ को विश्वकप जितेयता लगातार २ टेस्ट च्याम्यिनसिप फाइनल, टी-२० आई विश्वकप फाइनल र च्यापियन्स ट्रफीको फाइनलमा हार बेहोरेको छ । तर यो पटकको भारतिय टोली उच्च लयमा छ । कप्तान रोहित शर्मासाग विराट कोहली, श्रेयस ऐअर र केएल राहुल जस्ता र्फममा रहेका ब्याटर छन् । मोहम्द सामी, मोहम्मद सिराज र जसपि्रत बुमराहले बलिङ सम्हाल्नेछन् । बिराट उच्च रनकर्ताको सूचीको पहिलो स्थानमा छन । उनले ७ सय ११ रन बनाइसकेका छन् । सुरुवातका चार खेलमा बेन्चमा रहेका सामी २३ विकेटसहित शीर्ष स्थानमा छन् । रोहित र शुभमन गिलले पुरै विश्वकपमा पहिलो पावर प्लेमा विपक्षी बलरलाई हाबी हुन दिएका छैनन् ।

अर्कातर्फ कमिन्सको टोली हारको मुखबाट जित निकाल्न सिपालु छ । ग्लेन म्याक्सवेल, डेभिड वार्नर र ट्राभिस हेडको लय र भारतीय कण्डिसनमा एडम जाम्पाको स्पिनले क्षणभरमै खेलको नजिजामा फेरबदल ल्याउन सक्छ ।

एकदिवसीय विश्वकपमा भारतले अस्ट्रेलियाविरुद्ध १३ खेल खेलेको छ । जसमा अस्ट्रेलियाले ८ खेल जित्दा भारतले केवल ४ खेलमा जित हात पारेको छ । जारी विश्वकपमा अहमदाबादमै भारतले पाकिस्तान र अस्ट्रेलियाले इङल्यान्डलाई हराएका थिए । भनिन्छ १२ वर्षपछि खोला पनि फर्किन्छ । घरेलु टोली १२ वर्षको प्रतीक्षा अन्त्य गर्न सफल होला ? वा भारतबाटै ट्रफी अस्ट्रेलिया पुग्ला?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.